Rule 50
काजकृया गर्न दिने
कारागारमा रहेका कैदी वा थुनुवामध्ये राजकाज  सम्बन्धी मुद्दामा परेको बाहेक अरु कैदी वा थुनुवाहरुले आफूले काज क्रिया गर्नुपर्ने आमा, बाबु, स्वास्नी, छोरा, छोरी कोही मरेमा मुर्दा उठाउने हकदार कोही रहेनछ भने तीन कोसभित्र सम्म मुर्दा उठाउन र जहा“सुकै मरेमा पनि क्रिया गर्नालाई समेत जेलरले पत्याएको जमानी लिई मुर्दा उठाउनु पर्नेमा सिपाहीसाथ लगाई पठाई मुर्दाउठाउन लगाउने र क्रिया गर्नुपर्नेमा भाग्न नपाउने पूरा बन्दोवस्त गरी कारागार नजिकैको घाट सत्तलमा राखी १३ दिन सम्मलाई क्रिया गर्न दिनु पर्छ ।